जीएलएफबीमा खाद्य उद्धार

प्रायजसो सबैलाई परम्परागत खाद्य बैंकिङबारे थाह छ। सायद तपाईंले ग्रेटर लान्सिङ फूड बैंकलाई सीधै प्याक गरिएको खाना अनुदान दिएर खाद्य ड्राइभमा भाग लिनुभएको होला। तर तयार गरिएको खाना नि? हामी घरमा पकाएको खाना वा घरका क्यानड खाना हरू स्वीकार्न नसके तापनि व्यापारिक तवरमा तयार पारिएको खाना सङ्कलन गर्न हामी रेस्टुराँ, खानदानी कम्पनी, कार्यक्रम केन्द्र र बेकरीहरूसित काम गर्छौं। वास्तवमा, जीएलएफबीको "खाद्य उद्धार" कार्यक्रमलाई नियमित रूपमा अनुदान दिने ३८ वटा स्थानीय संगठनहरू छन्।

तपाईंले आशा गरेझैं, सङ्कलनको प्रत्येक चरणमा तयार पारेको खानालाई होसियारीसाथ जाँच्नुपर्छ। तयार गरिएको खानाको आयु छोटो हुन्छ र हामीले उचित तयारी, भण्डारण र तापक्रमको लागि भोजनको निरीक्षण गर्नु आवश्यक छ। सहभागी सबै दानदाताहरूले या त इङ्घम काउन्टी स्वास्थ्य विभाग वा इटन काउन्टी स्वास्थ्य विभाग मार्फत भान्छाको लाइसेन्स प्राप्त गरेका छन्।

हाम्रो समुदायमा थरीथरीका कार्यक्रम तथा स्थलहरू हुने भएकोले हामी कस्तो प्रकारको भोजनको उद्धार गर्दैछौं, त्यो हामीलाई थाहै हुँदैन। एक दिन अल्फ्रेडो सस लिएर लबस्टर राभियोली पाउन सक्छौं र अर्को दिन हामीले ट्याको सलाद पाइरहेका हुन सक्छौं। यो सबै राम्रो खाना हो, र खाँचोमा परेकाहरूलाई सेवा गर्न तयार छ।

त्यसैले अर्को पटक सहरको विवाह हुने ठाउँमा गएर अचाक्ली खानेकुरा खाँदा के हुन्छ होला भनेर सोच्नुहुन्छ ।... खाँचोमा परेकाहरूलाई मदत गर्न सायद हामीले त्यो टिप्यौं होला!

फिलिस ह्यान्डली
जीएलएफबी तयारी खाद्य संयोजक