बगैंचाले समुदायलाई उमार्छ

ग्रेटर लान्सिङ फूड बैंकले खाना मात्र होइन तर धेरै कुरा प्रदान गर्छ। कसै-कसैको लागि यो साथीभाइ र परिवारसितको खानाको सम्बन्ध हो।  अरूको लागि यो त तिनीहरूको मनोशान्ति मात्र हुन सक्छ ।  कठिनाइको सामना गरिरहेकाहरूका लागि समुदायबाट आउने दया भोलि अझ उज्ज्वल हुनेछ भन्ने आशा गर्न सकिन्छ।

गर्मी महिनाको दौडान, खाद्य बैंकले मिशिगनको मध्य भागका बासिन्दाहरूलाई बगैंचा परियोजना मार्फत आफ्नै स्वस्थ उत्पादन बढाउने अवसर प्रदान गर्छ। थुप्रै लाभहरू छन् । बगैंचाले आत्मनिर्भरताको अनुभूति गराउन सक्छ। बच्चाहरूले खाद्य प्रणालीबारे सिक्न सक्छन्।  सामुदायिक बगैंचाले छिमेकीहरूलाई एकअर्कालाई अझ राम्ररी चिन्न मदत गर्छ।

त्यस क्षेत्रमा १२५ वटा भन्दा बढी बगैंचा हरू र घरका मालीहरूका लागि "बगैंचा" प्याकहरू छन्, यसमा संलग्न हुने प्रशस्त तरिकाहरू छन्। खाद्य बैंक गार्डेन रिसोर्स सेन्टरले सबैलाई सहयोग गर्न बीउ, बिरुवा को सुरुवात, औजार र तालिम प्रदान गर्दछ।  मलाई आशा छ कि तपाईँले उपलब्ध यी र अन्य स्रोतहरू जाँच गर्नुहुनेछ । ग्रेटर लान्सिङ फूड बैंकले समुदायलाई बढाइरहेको विभिन्न तरिकाहरूमध्ये बगैंचा परियोजना पनि एउटा हो।

जिम साभाज ग्रेटर लान्सिङ फूड बैंकका बोर्ड सदस्य हुन्।